सैनिक विशेष अदालतको ढिलाइका कारण यतिसम्म मर्का

सैनिक विशेष अदालतको ढिलाइका कारण यतिसम्म मर्का

सैनिक विशेष अदालतको अनावश्यक ढिलाइ र एक जना क्याप्टेनको आफ्नै लिँडेढिपीका कारण मेजरमा बढुवाबाट वञ्चित भएका छन् । सवा दुई वर्षपछिको फैसलाका कारण मेजरबाट क्याप्टेनमा झरेका सुभाष थापा पुनः बढुवा हुनबाट रोकिएका हुन् ।

गत बिहीबार अदालतले यसअघि कोर्ट मार्शलले गरेको शुरुको फैसलालाई नै सदर गरिदिएको छ । यसले गर्दा उनी क्याप्टेनबाट मेजरमा बढुवा हुन पाएनन् । कोर्ट मार्शलमा बसेर प्राड अर्थात कानून बिभागमा बसी जसले फैसला सुनाए उनैलाई बिशेष अदालतमा पनि न्यायाधीशमा राखिएपछि आउने नतिजा त यस्तै नै हो ।

सेनाबाट अवकाशप्राप्तलाई विदेश पठाइदिने भन्दै थापाले रकम उठाएको उजुरीअन्तर्गत कोर्ट मार्शलले उनलाई साढे दुई वर्षअघि एक तह घटुवा गरिदिएको थियो । उनले सोही आदेशमाथि पुनरावेदनको माग गर्दै सैनिक विशेष अदालतको ढोका ढक्ढकाएका हुन् ।

“पुनरावेदन नहालेको भए एक वर्ष पहिले नै उनी मेजरमा पुनः बढुवा हुने निश्चित थियो भनिन्छ । सैनिक नियमानुसार पद घटुवा भएको एक वर्षपछि बढुवाको लागि त्यस्ता कर्मचारी योग्य हुन्छन् ।”

थापाले २०७७ बैशाखमा पुनरावेदन गरेका थिए । साताको एक दिन बस्ने सैनिक विशेष अदालत पनि एकाध घण्टामा सकिने गरेकाले मुद्दा छिनोफानो गर्न सवा दुई वर्ष लागेको थियो । अहिले पनि त्यहाँ दुई दर्जन मुद्दा पाइपलाइनमा छन् ।

अघिल्लो साता जनआस्थाले ‘सैनिक विशेष अदालतले सैनिकलाई दिएको सास्ती’ शीर्षकमा समाचार प्रकाशित गरेपछि गत बिहीबार उक्त अदालतको इजलास तुलनात्मक रुपमा लामो समयसम्म बसेको थियो । १ नम्बरमा रहेको थापाको मुद्दामाथि उक्त आदेश गरेपछि २ नम्बर मुद्दामा वादीको तर्फबाट कानुन व्यवसायीहरुले एकसरो बहस सकाएका छन् ।

थापामाथि तीन वर्षअघि विदेश जान चाहने अवकाशप्राप्त सैनिकसँग एजेन्टको मध्यस्थकर्ताको भूमिका निभाएको आरोप छ । उनले भूपू सैनिकसँग पैसा उठाएको भन्दै हेड क्वार्टरमा उजुरी पर्यो । थापाले
आफ्नै ब्यारेकबाट जागिर छाडेका केटाहरुले विदेश जान सहयोगको लागि याचना गरेपछि मानवीय हिसाबले सहयोग गरेको बताउँदै आएका थिए ।

अनुसन्धान र छानबिन क्रममा बहालरत मेजरले आफ्ना सेवानिवृत्त कर्मचारीसँग पैसा असुलेर विदेश पठाउने खेल खेलेको आरोप लाग्यो । स्रोत भन्छ, ‘त्यसरी प्राप्त रकम आफ्नै खातामा जम्मा गरेर पछि एजेण्टलाई दिएको देखियो । त्यही आधारमा उनलाई एक तह घटुवा गरिएको हो ।’

तर,कोर्टमार्शलको आदेशप्रति चित्त नबुझेकाले उनले सैनिक विशेष अदालतमा पुनरावेदन हाले । दुई वर्षअगाडि हालेको पुनरावेदनमा अदालतले साउन ५ गते बिहीबार पुरानै फैसलालाई सदर गरेको हो ।

अहिले मुद्दाको फैसला ढिलो गरेका कारण थापाको बढुवाको चान्स गुमेको छ । पुनरावेदन नहालेको भए एक वर्ष पहिले नै उनी मेजरमा पुनः बढुवा हुने निश्चित थियो भनिन्छ । सैनिक नियमानुसार पद घटुवा भएको एक वर्षपछि बढुवाको लागि त्यस्ता कर्मचारी योग्य हुन्छन् ।

तर,कोर्ट मार्शलको आदेशप्रति चित्त नबुझाएको र विशेष अदालतले पनि मुद्दा ढिलो छिनोफानो नगरेका कारण थापा आफैँ बढुवाबाट पछि परेको सहकर्मीहरु बताउँछन् । घटुवा पनि एक किसिमको सजाय नै हो । तर अहिले उनी दोहोरो मारमा परेका छन् ।

टिप्पणीहरू