अमेरिकी सहायक विदेशमन्त्री हायात छिर्ने बित्तिक्कै निस्किए
आज दिउँसो काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बौद्धस्थित होटल हायातमा प्रवेश गरेको केहीबेरमा बाहिरिएका छन् । सहायक मन्त्री लु हायात छिरेको आधा घण्टामा निस्केका हुन् ।
लु नेतृत्वको तीन सदस्यीय टोली ५ बज्न केही मीनेट बाँकी छँदा होटल प्रवेश गरेको बताइन्छ । साढे ५ बजेतिर उक्त टोली बत्तिसपुतलीस्थित होटल द्वारिकाको लागि निस्केको होटल स्रोतले पुष्टि गरेको छ ।
अमेरिकी प्रतिनिधिमण्डलको राजनीतिक भेटघाटको समय तालिका अझै सार्वजनिक गरिएको छैन ।
टिप्पणीहरू