प्रचण्डसँग भेट्न युरोपियन युनियनको हुल खुमलटारमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग भेटघाटको प्रतिक्षामा रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकाएक युरोपियन युनियनकी राजदूतले भेट गरेकी छन् । दाहाललाई भेट्न राजदूत नोना डेपरच पौने २ बजे खुमलटार गएकी छन् ।
झण्डै ४० मीनेट भेटवार्ता भएको अध्यक्ष दाहालको सचिवालय स्रोतले पुष्टि गरेको छ । हिजो साँझ काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री लुसँग पनि अध्यक्ष दाहालको भेटवार्ता हुने बताइएको छ । तर, समय र वार्तास्थल तय भइसकेको छैन ।
सहायक मन्त्री लु भोलि मध्यरात कतारको दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू