अर्थको गडबडीवारे के छ छानबिन रिपोर्टमा ?

अर्थको गडबडीवारे के छ छानबिन रिपोर्टमा ?

आर्थिक बर्ष ०७९/०८० को राष्ट्रिय बजेट निर्माण क्रममा रातारात बाहिरी मान्छे बोलाएर करको दर हेरफेर गरिएको आरोपवीच असार २२ गते सँसदद्वारा गठित छानवीन समितिको प्रतिवेदन भर्खरै सभामुखलाई बुझाइएको छ ।

१७ दिन,२३ बैठक र ७५ घण्टा घोटिएको टोलीले केही उपाय लाउँदा पनि सोचे र भनेअनुसारका प्रमाणहरु (सिसिटिभी फुटेजमार्फत अनधिकृत ब्यक्तिको प्रवेशसम्बन्धी) फेला पार्न नसकेपछि आगामी दिनमा अपनाइनुपर्ने सजगताका सुझावसहित बहुमत र अल्पमतको आधारमा प्रतिवेदन आज बुझाएको हो ।

११ सदस्यीय समितिमा एमालेका ४ सदस्यले छुट्टै राय राखेका छन् भने दोष प्रमाणित नभएको आधारमा राजीनामा दिई बसेका जनार्दन शर्मालाई पर्सि आइतबार अर्थ मन्त्रीका रुपमा सिंहदरवार फर्काइने तयारी छ ।

प्रमाण दिइन्न या भेटिन्न भन्ने आत्मविश्वासकै बलमा अर्थ मन्त्रालय अरु कसैलाई नदिई प्रधानमन्त्रीसङ्गै राखिएको थियो ।

एमालेकाे फरक मतसहित (प्रतिवेदनकाे पूर्ण पाठ)

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/pdf-kishor-sir.pdf” title=”pdf kishor sir”]

टिप्पणीहरू