राजधानीमा खण्डवृष्टिको डरलाग्दो रुप, कपनमा नदी र सडक छुट्याउन सकस

राजधानीमा खण्डवृष्टिको डरलाग्दो रुप, कपनमा नदी र सडक छुट्याउन सकस

मध्य साउनमा वर्षा हुनु अचम्म होइन । नदी वा खोलामा सामान्य बाढी र भेल आउनु पनि स्वाभाविक हो । तर, राजधानी काठमाडौंको दक्षिण, पश्चिम भागमा घाम लागिरहँदा उत्तरपूर्वी भेगमा आज अपरान्ह घनघोर वर्षा भएको छ ।

बौद्धदेखि महाराजगञ्ज क्षेत्रसम्म परेको ठूलो वर्षापछि कपनमा सडक नै नदी बनेको हो । स्थानीयको घरको तल्लो भागमा सडकको बाढी पसेपछि उनीहरुको बिचल्ली भएको हो । सडकमा सवारी साधन गुड्न सकेनन् भने पानी नरोकिएसम्म सर्वसाधारणको आवतजावत समेत ठप्प भएको हो ।

अव्यवस्थित शहरीकरणका कारण वर्षात्को पानी बगेर सडकमा आएको हो । ढलले थेग्न सकेन भने खोलो पनि भरिएर चुलिएको थियो ।

फोटो / भिडियाे : राजेन्द्र भण्डारी

टिप्पणीहरू