ट्रकभरि एसपीको ब्ल्याकलेबल

ट्रकभरि एसपीको ब्ल्याकलेबल

जिल्लाको शान्ति–सुरक्षाको मुख्य जिम्मेवारी लिएर बसेका जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत एसपी श्यामकृष्ण अधिकारीको ध्यान शान्ति सुरक्षामा भन्दा बढी उठ्तीपुठ्तीमा बढी गयो ।

छिमेकी भारतीय सेवाग्राहीलाई लक्ष्य राखी नेपालगञ्जमा सञ्चालित ८ वटा क्यासिनोबाट उनले महिनावारी तीनदेखि ५ लाख रूपैयाँसम्म नजराना उठाए ।

आफ्ना नातेदार पाहुना आउँदा त्यहीँ लगेर सित्तैमा भोजन गराउने अधिकारीले बेला बेला दुई केस (बाकस) ब्ल्याकलेवल ले त भन्दै हैरान पारे । यसरी अर्डर दिएर जम्मा गरेको रक्सी एक ट्रकजति हुनै लाग्यो ।

उनी गुप्तचर विभागबाट नेपाल प्रहरीको इन्स्पेक्टरमा पदासीन हुन आएका हुन् । आफू अब्बल गुप्तचर भएकाले होटल तथा क्यासिनो सञ्चालकले ढाँट्न नसक्ने भन्दै हाम्लाई त दुहेको दुह्यै गरे ।

आफूलाई कसैले सरुवा गर्न नसक्ने भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा दादागिरी देखाए । लौ न धेरैमध्ये नाम बताउन नसक्ने हामी पीडितको दुःख पनि छापिदिनुस् सम्पादकज्यू !

टिप्पणीहरू