मैत्रेयको गाउनुपर्यो महिमा
जताततै जंगलराज चल्दैछ । विश्व जनमत विभाजित भैरहेको छ । सबैतिर प्रतिस्पर्धा छ । यो सबै वर्तमानमा चल्दै आएको राजनीति र अर्थशास्त्रको कारण हो ।
वर्तमान विश्वमा मुठ्ठीभर मानिसले सम्पत्ति जम्मा पारेका छन् जबकि करोडौं गरिबीको चपेटामा छन् । दुई छाक खाना र शुद्ध पानीको अभावमा जिन्दगी बिताइरहेका छन् । न घर, न दबाई, न शिक्षा । लाखौं करोडौं रोजगारीबाट बञ्चित छन् भने कतिपय कामको अत्यधिक बोझमा छन् ।
विश्वका सबै राष्ट्र र त्यहाँका जनतामा बराबरी खाद्यान्न, औषधिलगायत सबै श्रोतसाधनको बाँडफाँड हुनु जरुरी छ । साँच्चैको स्वतन्त्रता र न्यायको जरुरत छ । सबैको लाभका निम्ति सबैले मिलेर काम गर्नु जरुरी छ ।
यो तबमात्र सम्भव हुन्छ, जब विश्व जनमतले युद्धलाई नकार्ने छ, आतंकवादलाई पन्छाउने छ, सैन्य खर्च रोक्ने छ, एकले अर्को मुलुकमाथि गुप्तचरी रोक्नेछ ।
विश्व जनमतले फेरि एक पटक धर्मका प्रवर्तकहरु इसाई, पैगम्बर, मुहम्मद, बुद्ध, बोधिसत्व, कृष्णहरुको आशा गर्दैछन् । यिनीहरु सबै जना समाजका पथप्रदर्शक र शिक्षक थिए । मैत्रीयले यी सबै जनाको प्रतिनिधित्व गर्छन् ।
मैत्रीय धार्मिक गुरु नभई एक आत्मिक गुरु थिए । उनको पथप्रदर्शनले वर्तमान विश्वको गतिरोध न्यूनीकरण हुनसक्छ । विश्वमा मानवीयता, प्रेम, एकता, भाइचारा, न्याय र सबै जनतालाई स्वतन्त्रता दिलाउन सक्छ । उनको सन्देश साधारण छ । उनी भन्थे, हामी सबै दाजुभाइ हौं ।
– जेसन फ्रान्सिस, म्यासाचुसेट्स, अमेरिका
टिप्पणीहरू