अमेरिकी सहायक मन्त्रीले मध्यराति काठमाडौं छाडे

अमेरिकी सहायक मन्त्रीले मध्यराति काठमाडौं छाडे

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु मध्यराती स्वदेश प्रस्थान गरेका छन् । बिहीबार साँझ नयाँ दिल्ली हुँदै काठमाडौं आएका लु शनिबार लाग्नेबित्तिक्कै राति स्वदेश जाने क्रममा कतारको राजधानी दोहातर्फ गएका हुन् ।

आज बिहान पौने ४ बजे कतार एअरवेजको उडान नम्बर क्यु आर ६४५ पक्रन होटल द्वारिकाबाट बिहान २ बजे निस्केका थिए ।

तीन जनाको टोली लिएर आएका लुसँगै अर्का एक जना फर्के पनि एक जना सदस्य केही दिन काठमाडौंमै बस्ने जनाइएको छ । आज बिहान फर्कनेमा विदेश मन्त्रालयका दक्षिण एसिया हेर्ने उपनिर्देशक स्कट उर्बोम पनि छन् ।

तर,युएसएडकी उपसहायक प्रशासक सुखमित अञ्जली कौर भने केही दिन काठमाडौं बस्ने भएकी छन् । उनी सहायक मन्त्री लुसँग फर्केकी छैनन् ।

टिप्पणीहरू