भारतीय सेनाध्यक्ष थिम्पुमा,त्यसपछि नेपालको पालो

भारतीय सेनाध्यक्ष थिम्पुमा,त्यसपछि नेपालको पालो

भारतीय सेनाध्यक्ष मनोज पाण्डे दुई दिने भ्रमणमा भुटानको राजधानी थिम्पु पुगेका छन् । उनी हिजो नयाँ दिल्लीबाट त्यहाँ गएका हुन् ।

भुटानसँगको द्विपक्षीय तथा सैन्य सम्बन्धलाई सुदृढ तुल्याउन पाण्डेको भ्रमण भएको भारतीय सेनाले जनाएको छ ।

भ्रमण क्रममा पाण्डेले राजधानी थिम्पुमा त्यहाँका तेस्रा राजा जिग्मे दोर्जी वाङचुकको सम्झनामा बनाइएको स्तुपाको अवलोकन गर्ने कार्यक्रम छ । त्यसैगरी भुटान नरेशसँग पनि दर्शनभेटको कार्यक्रम रहेको छ ।

आज भुटानी सेनाका दिवंगत बहादुर सैनिकको सम्झनामा बनाइएको अर्को स्तुपास्थलको भ्रमणपछि भारतीय सेनाध्यक्ष स्वदेश फर्कने कार्यक्रम छ ।

उनी अर्को महिना नेपाल आउँदैछन् ।

टिप्पणीहरू