भारी वर्षाको सम्भावना उस्तै, सर्तक रहन आग्रह
आज पनि प्रदेश नम्बर १ का केही स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले ती भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम देखिन्छ । साथै नदीनाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
टिप्पणीहरू