भूकम्पले पूर्वका दुई घर भत्कियो

भूकम्पले पूर्वका दुई घर भत्कियो

आज बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट छिमेकी जिल्ला भोजपुरको टक्सारमा २ घरमा क्षति पुगेको छ ।

बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार ०७२ सालमा गएको भूकम्पले चर्किएका केही घरहरूमा असर गरेको छ।

खोटाङका केही स्थानमा पुराना घरहरू पनि चर्किएका छन्। दुवै जिल्लामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म पनि महसुस गरिएको थियो ।

साभारः सुमन कार्किको फेसबकबाट

 

भोजपुरको टक्सारमा भुकम्पले भत्किाएका क्षतिग्रस्त घरहरू

टिप्पणीहरू