घरबाट हराएका विष्णुको लास गिद्धेभीरमा

घरबाट हराएका विष्णुको लास गिद्धेभीरमा

अर्घाखाँचीमा एक जना मृत अवस्थामा फेला परेका छन् । पाणिनी गाउँपालिका–२ गिद्देभीरको जंगलमा मालारानी गाउँपालिका–२ मरेङका ४५ वर्षीय विष्णुबहादुर पाण्डे हिजो दिउँसो मृत फेला परेका हुन् ।

गत सोमबार घरबाट निस्केका उनी नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमा उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू