बाहिर गएका नेताहरु लर्को लागेर राजधानी प्रवेश
आज बिहान पौने ९ बजे एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली सिमराबाट काठमाडौं आउनुभएको छ । उहाँ यति एअरलाइन्सको उडानबाट आउनुभएको हो ।
त्यसैगरी ८ बजेको हाराहारीमा जनकपुरबाट पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको टोली जनकपुरबाट काठमाडौं आएको छ । बुध्द एअरको उडानमा आएको टोलीमा नेताहरु अशोक राई,मधेश प्रदेशकी अर्थ राज्यमन्त्री उषा यादव पनि हुनुहुन्थ्यो ।
उता पोखराबाट लुम्बिनीका पूर्व मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेल बिहान सवा १० बजे काठमाडौं आइपुग्नुभएको छ । उहाँ यति एअरलाइन्सको उडानमा आउनुभएको हो ।
आज बिहान राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेत अजरबैजानबाट काठमाडौं फर्कनुभएको छ । उहाँ दुबई हुँदै बिहान पौने ९ बजे काठमाडौं ओर्लनुभएको हो । फ्लाई दुबईको उडान नम्बर ५७१ मा ५८ जना नेपाली र ८९ जना विदेशी रहेको बताइन्छ ।
टिप्पणीहरू