अनेरास्ववियुका कार्यकर्ताले एमालेको प्रदर्शनलाई तताउने

अनेरास्ववियुका कार्यकर्ताले एमालेको प्रदर्शनलाई तताउने

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला शुरु भएको छ । उक्त कार्यक्रम उपत्यका विशेष बागमती प्रदेश कमिटीको आयोजनामा त्रिचन्द्र कलेजमा केही बेर अघिदेखि शुरु भएको हो ।

उनीहरु भोलि आयोजना गर्न लागिएको मंहङ्गी,भष्टाचारविरूद्द बसन्तपुरमा हुने बृहत जनप्रदर्शन कार्यक्रमका निम्ति आन्तरिक कार्यकर्ता भेला तथा छलफलमा जुटेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा अनेरास्ववियु केन्द्रीय कार्यवाहक अध्यक्ष आर सि लामिछाने रहेका छन् ।

कार्यक्रमको अध्यक्षता पंकज भन्डारीले गरेका छन् । अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष उमेश आचार्य, मोति विश्वकर्मा,महासचिव समिक बडाल, अनेरास्ववियु त्रिचन्द्र ईकाइ कमिटीका अध्यक्ष सुनिल कडेल लगायत १४० जना भन्दा बढीको उपस्थिति रहेको छ ।

टिप्पणीहरू