गोरखाको सिरानचोकमा भोलि बिदा

गोरखाको सिरानचोकमा भोलि बिदा

नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका अमरसिंह थापाको स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । गोरखाको सिरानचोक गाउँपालिकाले अमरसिंहको स्मृति दिवसमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय विभुति थापा सिरानचोकमा वि.सं. १८०८ मा जन्म भएको हो । उनको निधन १८७३ को साउन १६ गतेका दिन रसुवाको गोसाईंकुण्डमा भएको थियो । सोही कारण गाउँपालिका सभाले थापाको २०६औं स्मृति दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए ।भोलि सिरानचोक, ६ गाँखुस्थित अमरसिंह पार्कमा कार्यक्रम गरिने उनले बताए । ‘सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुस्थित अमरसिंह पार्कमा कार्यक्रम गरिने भएको हुँदा सम्पूर्ण पालिकावासीलाई कार्यक्रममा सहभागी भईदिनुहुनको लागि अनुरोध गरिन्छ,’ गाउँपालिकाको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू