माधव नेपाल पश्चिमबाट,भीम आचार्य पूर्वबाट
पार्टी संगठन विस्तार र सुदृढिकरणको निम्ति जिल्ला दौडाहामा जानुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज राजधानी फर्कनुभएको छ । उहाँ दिपायलमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर धनगढी हुँदै काठमाडौं आउनुभएको हो ।
अध्यक्ष नेपाल र पूर्वमन्त्री प्रेमबहादुर आले श्री एअरलाइन्सको उडानमा दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्नुभएको हो । सोही समय एमाले नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्य पनि विराटनगरबाट काठमाडौं आउनुभयो ।
उहाँ यति एअरलाइन्सको उडानमा ३ बजे काठमाडौं विमानस्थलमा झर्नु भएको हो । एमाले विवाद चर्केको बेला १० भाइ खेमामा रहनुभएका आचार्य र नेपालवीच विमानस्थलको आगमनमा भेट भने हुन पाएन ।
टिप्पणीहरू