प्रधानमन्त्री पत्नी स्वास्थ्यलाभ गरेर फर्कनुभयो

प्रधानमन्त्री पत्नी स्वास्थ्यलाभ गरेर फर्कनुभयो

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ ।

स्वास्थ्य उपचारका लागि तीन हप्ताअघि नयाँ दिल्ली जानुभएकी उहाँ आज अपरान्ह काठमाडौँ आउनुभएको हो । उहाँको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको बताइएको छ ।

भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएको जानकारी दिनुभएको छ ।

असार २६ गते भारत जानुभएको उहाँले यसबीचमा उच्चस्तरीय भेटघाट पनि गर्नुभएको थियो । सोही क्रममा उहाँ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाली दूतावासमा भेट भएको हो ।

टिप्पणीहरू