पर्सिसम्म पानी पर्ने भविश्यवाणी, सुख्खाले तराईका खेतमा चिरा
हिजो अपरान्हदेखि काठमाडौं उपत्यकालगायत प्रदेश नम्बर–१ र गण्डकी प्रदेशका केही स्थानमा आज बिहानसम्म लगातार पानी परेको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सिसम्म्म देशभर वर्षा हुने छ । केही स्थानमा घनघोर वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
भरे राति पनि देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
तर, पूर्वी तराई भनेर चिनिने मधेश प्रदेशका अधिकांश भूभागमा यो वर्ष सामान्यभन्दा कम वर्षा भएको छ । मधेशका अधिकांश जिल्लामा रोपाइँ गर्न समेत गाह्रो भएको छ । रोपाइँ भइसकेका खेतमा पानी नपरेपछि चिरा परेको छ ।
टिप्पणीहरू