विप्लवसहितका नेतालाई अदालतको ३५ दिने पुर्जी

विप्लवसहितका नेतालाई अदालतको ३५ दिने पुर्जी

एकीकृत जनक्रान्तिको नाममा अर्को विद्रोह गर्ने भन्दै गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द “विप्लव’ सहित धेरै नेताविरुध्द पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उनीहरूको नाममा त्यस्तो आदेश गरेको हो ।

अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, मोहनबहादुर कार्की,टेकबहादुर केसी,भरतबहादुर बम,पदमबहादुर राई,सन्तोष बुढामगर,नवीन विश्वकर्मा,उदयबहादुर चलाउने लगायत नेताहरूविरुद्ध विभिन्न कसुर गरेको जनाउँदै ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ ।

तोकिएको समयभित्र उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पुर्जीमा उल्लेख छ ।

टिप्पणीहरू