प्रचण्डको यस्तो रहेछ अन्तिम इच्छा

प्रचण्डको यस्तो रहेछ अन्तिम इच्छा

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पुनः एक पटक प्रधानमन्त्री बन्ने इच्छा रहेको बताउनुभएको छ । उहाँले हिजो राजधानीमा आयोजित पार्टी कार्यक्रममा कार्यकर्ताहरुसामु उक्त इच्छा खोल्नुभएको हो ।

सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा दाहालको भनाइ उद्धृत गर्दै एक जना सहभागीले भने,‘हामी सबैको लागि आगामी निर्वाचन महत्वपूर्ण छ । त्यसमा पनि मेरो लागि व्यक्तिगत रुपमा भन्नुहुन्छ भने निकै महत्वपूर्ण छ । आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने इच्छा पलाएको छ । तर यो नेतृत्व आफ्नो जीवनकै अन्तिम र स्मरणयोग्य हुनेछ ।’

हिजै पार्टी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले माओवादी निकट प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै रकम कलमको कुरो गर्नुभएको छ । उहाँले नेता,कार्यकर्ता सबै पैसा कमाउनेतर्फ लागेकाले अहिलेको अवस्था आएको उहाँको भनाइ थियो ।

महराले भन्नुभयो, ‘हामीले जनता बिर्सियौं,शहर ताक्न थाल्यौं,पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै केन्द्रित भयौं । हामी सबैलाई अहिले पदमात्रै चाहिएको छ । यहि कारण पार्टी बिग्रिँदै गएको हो । यी सबै घटनाक्रमले पार्टीको पदाधिकारी चयन गर्नसमेत नेतृत्वलाई धौ धौ परेको छ । यो पक्षलाई तपाईं,हामीले बुझ्न जरुरी छ ।’

टिप्पणीहरू