सिंहदरवारमा कर्मचारी प्रदर्शन
तल्लो तहका कर्मचारीहरुले एकाबिहानै मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रदर्शन गरेका छन् । हाल अर्थ मन्त्रालयमा पुगेको संघीय निजामती सेवा ऐनमा आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने मागसहित ती कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् ।
नायब सुब्बा बचाऊ अभियानको सक्रियतामा उनीहरु मन्त्रालय पुगेका हुन् ।
कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३०,आन्तरिक र अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नका साथै संघ,प्रदेश र स्थानीय तहमा एकरूपता कायम राख्न तहगत व्यवस्थाको माग अगाडि सारेका छन् ।


टिप्पणीहरू