एसइइ उतीर्णलाई भरतपुर महानगरको छात्रवृत्ति
भरतपुर महानगरपालिकाले एसइइ उतीर्ण गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा १ को उपदफा ३ (१) बमोजिम छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
महाशाखाले साउन २६ गते बेलुकीसम्म अनलाइन आवेदन पेश गर्ने समयसीमा तोकेको छ ।
आवेदनसँगै एसइइको ग्रेड सिट, अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पनि बुझाउनुपर्नेछ ।
त्यस्तै, शहीद, जनआन्दोलनका घाइते, बेपत्ता पारिएका र मधेश आन्दोलनमा घाइतेका सन्तति भए जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्नेछ ।
गरिब तथा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिसपत्र अनिवार्य गरिएको छ ।
टिप्पणीहरू