काठमाडौँ र भक्तपुरका सभापति केन्द्रीय सभापतिको निवासमा
सत्तारुढ नेपाली काँग्रेसको काठमाडौँ र भक्तपुर जिल्ला सभापतिले केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक भेटघाट गरेका छन् ।
हिजो दिउँसो बालुवाटार पुगेर काठमाडौँका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले देउवासँग एकसाथ भेटवार्ता गरेका हुन् । एक बजेतिर बालुवाटार छिरेका उनीहरु दुई बजेको हाराहारीमा त्यहाँबाट निस्किएको बताइएको छ ।
भेटमा प्रधानमन्त्रीले अबको केही समय पार्टीका समितिहरुले भेला र बैठकभन्दा आगामी चुनावको तयारी गर्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब मुश्किलले साढे तीन महिनाको समय छ । त्यता ध्यान दिनुस्, यो बैठक भेलालाई रोक्नुस् ।’
टिप्पणीहरू