उदयपुर सिमेण्टको अध्यक्षमा उदयपुरकै बस्नेत
उदयपुर सिमेण्ट उद्योग लिमिटेडको अध्यक्षमा केशवकुमार बस्नेत नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई नियुक्त गरेको हो ।
सरकारले सिमेन्ट उद्योगको अध्यक्षमा खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्ने प्रयोजनको निम्ति असार ३० गते दरखास्त आह्वान गरेको थियो । सोहीअनुसार उदयपुर ४, घर भएका बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
टिप्पणीहरू