कैलालीमा पनि भोलि बिदा
कैलालीको हसुलियास्थित कैलारी गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । थारु समुदायको गुरही पर्वको अवसरमा गाउँपालिकाले बिदा दिएको हो ।
गाउँपालिकाको आज बसेको बैठकले भोलि बिदा दिने निर्णय गरेको जानकारी गराइएको छ । भोलि गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयहरु बन्द हुने छन् ।
थारु समुदायले नागपञ्चमीकै दिन गुरही पर्व मनाउने गरेका छन् । नागको पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःख र बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास छ ।
यसअघि कणाली प्रदेश सरकारले भोलि नागपञ्चमीको दिन प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।
टिप्पणीहरू