म्याग्दीमा पहिरो: दुईको मृत्यु, तीन जना बेपत्ता
म्याग्दीमा लगातारको वर्षापछि आएको गएरातिको पहिरोमा दुई जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–२, रुम गाउँमा तीन वटा घर पुरिँदा दुई जनाको ज्यान गएको हो ।
घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन र १५ वर्षका नवीनको मृत्यु भएको हो ।
घामबहादुर विक, उनकी श्रीमती र सात वर्षीया छोरी अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
उनका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुई जनाको शव निकालेका छन् । बेपत्ता भएकाहरुको स्थानीय र प्रहरी टोलीले खोजी गरिरहेका छन् ।
टिप्पणीहरू