चितवन र धादिङमा जताततै पहिरो, सवारी साधन सञ्चालनमा रोक
धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्धपछि काठमाडौं उपत्यकाबाट नारायणगढ–मुग्लिन सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
धादिङको तिङ्ग्राङखानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डमा गएरातिदेखि आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।
पृथ्वी राजमार्गमा बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङखानीमा आज बिहानै पहिरो खस्दा सवारी आगावमन रोकिएको छ ।
पहिरो हटाएर सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू