आज यी क्षेत्रमा बाढीको सम्भावना, सतर्क रहन आग्रह
आज देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्ने पूर्वानुमान गरिएको छ । तमोर, दूधकोसी, सुनकोसी, कोसी, नारायणी नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती, कन्काई, वेलस्रोतस्थित कमला नदी, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी लगायतमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
आज मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, काठमाडौं, मकवानपुर, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, दार्चुला र आसपास भई बग्ने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।
केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन महाशाखाले भनेको छ ।
टिप्पणीहरू