पर्यटनमन्त्रीद्वारा लुम्बिनीको रिसोर्ट अनुमति खारेज, विद्युतीय बसलाई हरियो झण्डा

पर्यटनमन्त्रीद्वारा लुम्बिनीको रिसोर्ट अनुमति खारेज, विद्युतीय बसलाई हरियो झण्डा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी क्षेत्रको गुरुयोजना विपरितको क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गर्नुभएको छ । लुम्बिनी विकास कोष परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले उक्त जग्गा निजी कम्पनीलाई यसअघि दिन गरिएको निर्णय खारेज गरेको हो ।

गुरूयोजनाविपरीत क्याम्पेन ग्राउण्डमा संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो । परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

लुम्बिनीमा जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । विद्युतीय बस सञ्चालनले सो क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनमा जाने पर्यटकलाई सहज हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू