अझै खुलेन पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड
अस्ति साँझदेखिको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकमा डेढ दर्जन बढी ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुसहित सयौँ गाडी रोकिएका छन् ।
साना र ठूला गरि डेढ दर्जनबढी ठाउँमा पहिरो खसेको छ । भरतपुर–२९ केराबारी र चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा ठूलो पहिरो खसेकाले पृथ्वी राजमार्गको अवरोध हटाउन दिनभर लाग्ने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यथासक्य छिटो पहिरो हटाउन आवश्यक कार्य भइरहेको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू