मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : प्रभावकारी कार्यसम्पादन गर्नु

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : प्रभावकारी कार्यसम्पादन गर्नु

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन सम्बन्धमा सबै मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई राखेर बजेट कार्यान्वयनबारे छलफल गर्नुभएको हो ।

सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई बोलाएर प्रभावकारी कार्यको लागि निर्देशन दिनुभएको हो ।

यसअघि पुस २१ गते पनि प्रधानमन्त्रीले यस्तै बैठक डाकेर जनताको अपेक्षाअनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू