केरुङ्ग जाने भन्दै अर्बपति गौतम कुलेश्वरबाट कुलेलम, ब्याजको लोभमा हजारौं नेपाली बर्बाद

केरुङ्ग जाने भन्दै अर्बपति गौतम कुलेश्वरबाट कुलेलम, ब्याजको लोभमा हजारौं नेपाली बर्बाद

२५ वर्षमै खर्बपति बनेका काभ्रेपलाञ्चोक जिल्ला साविक पातलेखेत गाविस–८ धामीगाउँ घर भई धुलिखेल–११ का रामबहादुर गौतम २०७९ साउन १२ गते बिहीबार साँझदेखि बेपत्ता छन् । ०५२ सालसम्म सामान्य कृषि पेशामा संलग्न उनी एकाएक लखपति, करोडपति हुँदै अर्बपति भएका हुन् ।

दाजु अर्जुनबहादुर गौतम सामान्य अवस्थामै छन् । रामबहादुर धामीगाउँमा काम गर्दागर्दै माओवादी युद्ध शुरु भएको थियो । केही समय धुलिखेल घर भई काठमाडौँमा मेशिनरी सामानको व्यवसाय गर्ने दिलसुन्दर श्रेष्ठको पसलमा काम गरे । काम गर्दागर्दै त्यस्ता सामान खरिद बिक्रीबारे ज्ञान हासिल गरे । अझै पनि बाबुको अंश लिएका छैनन् ।

सानो लगानीबाट शुरु भएको व्यवसायमा विभिन्न क्षेत्रका व्यक्तिको अदृश्य लगानी रहेको आशंका उतिबेलादेखि भएको नै हो । उनले ल्याउने मेशिनरी सामान चीनबाट धेरै थियो । त्यही सामान ल्याउने क्रममा किलोका किलो सुन छिराउने गरेको आरोप गौतमलाई लाग्दै आएको थियो । चिनियाँसँगको बसउठ, व्यावसायिक साझेदारी, रसुवाको केरुङमा निर्माणाधीन हाइड्रो पावरमा मिलिजुलीलगायत विषयमा गौतमलाई चिनियाँसँग जोडेर हेर्ने गरिएको थियो ।

काठमाडौँको कुलेश्वरमा गौतम श्रीको केन्द्रीय कार्यालय, टेकु, पोखरा, नारायणघाटमा सेवा केन्द्र, हेटौंडाको गोदाम, कुलेश्वरको सुपरमार्केट, काभ्रे पात्लेखेतमा गाई फार्मलगायतका सम्पत्ति उनले खरिद गरेका छन् । काठमाडाैँका अन्य स्थानमा चारवटा पक्की घर, चितवन, मकवानपुरलगायत स्थानमा थुप्रै जमिन खरिद गरिएको छ । काभ्रेको पातलखेतमा ५० रोपनी जमिन किनिएको छ ।

त्यही सम्पत्तिका आधारमा उनले कुलेश्वरस्थित आफ्नै घरमा गौतमश्री बहुउद्देश्यीय सहकारी खोलेका थिए । झण्डै २५ हजार सदस्यबाट साढे ५ अर्ब बचत गराएका गौतमले केही महिनाअघि विभिन्न देशबाट ३ सय करोडको मेशिनरी सामान नेपाल भित्र्याएको बुझिएको छ ।

पातलखेतमा सरकारी अनुदान लिएर गाई फार्म शुरु गरेका उनले एकपटक गाई र बाच्छी गरेर ५ सयवटा पु¥याएका थिए । ५५ जना कर्मचारी कार्यरत उक्त फार्ममा मासिक १० लाख तलब वितरण हुन्थ्यो । एकपटक बिजुली चोरेर चर्चामा आएका गौतमले माओवादीसँग निकट भएर धेरै लाभ लिए र पातलेखेतका धेरैको बास उठाए भने अहिले धेरै बचतकर्तालाई बिचल्लीमा पारेका छन् ।

पातलेखेतका तिलकबहादुर तामाङले सहकारीबाट १४ लाख ऋण लिएका थिए । धितो राखेको १६ रोपनी जमिन लिलामी गरेर उनलाई गौतमले सुकुम्बासी बनाइदिए । पातलेखेतकै हरि बडाल त्यही पीडाले आत्महत्या गर्न बाध्य भए । पछि रामशरण बडालका नाममा जग्गा फिर्ता गरेर हरि बडालकी श्रीमतीका नाममा दिइएको छ । ९ रोपनी जग्गा धितो राखेर उनीहरूले पटक–पटक ६० लाख ऋण लिएका थिए । डाँडागाउँका अधिकांश व्यक्तिले यिनको अत्याचारविरुद्ध बोल्न सकेका थिएनन् ।

यसबीच राम गौतमको दाजुभाइ नाता पर्ने अनिल काठमाण्डौबाट समातिएका छन्। उनलाई सहकारीको सचिवमा राखिएको थियो। पातलेखेतमा द्वन्दताका सेनाद्वारा रसकमल मारिएपछि ती र यानप्रसाद गौतममार्फत उठेको रकमसमेत यिनैले चलाएको आशंका छ।

थोरै ऋण दिएर धितो लिलामी गर्ने र चर्काे ब्याज लिने गौतमको सहकारीले बचतकर्तालाई पनि अस्वाभाविक ब्याज प्रदान गर्दै आएको थियो ।उनको फार्ममा गत शुक्रबारसम्म १४ वटा गाई, ३५ वटा बाख्रा, ३ वटा भैंसी, ९ वटा पाडी, १ एउटा राँगो, ३ सय वटा हाँस थिए । उनका दाजुले भाइ बेपत्ता भएको खबर पाएसँगै वस्तु मर्ने डरले बिक्री गराइदिएका छन् ।

एक साताअघि मात्रै रामबहादुर गौतमलाई बैंकले कालो सूचीमा राख्ने गरी भएको तयारी राजनीतिक पहुँचका आधारमा रोकिएको थियो । सात दिनको भाका नाघेलगत्तै उनी बेपत्ता भएका हुन् । अथाह सम्पत्ति कमाएका गौतमले शुरुमा राखेका सिईओका कारण उनी सफल हुँदै गएका थिए । एकाएक उनले मकवानपुर घर भएकी सुनिता तिमल्सिनालाई निजी सचिवका रूपमा तयार गरे । साथसाथ हुने सुनिताका नाममा पनि केही घर रहेको बताइन्छ । अहिले उनी पनि सम्पर्कविहीन छन् । जग्गा, केटी, अवैध सुनलगायत काण्डमा फसेका गौतम फेला पर्न सकेका छैनन् ।

यस्तो छ सहकारीको संकट

काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देशीय सहकारीका सञ्चालक बचकर्ताको रकम पचाएर फरार भएपछि पीडितले सहकारी विभाग गुहारेका छन् । सञ्चालक फरार भएपछि सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । बचतकर्ताको रकम फिर्ता नगरी अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत सञ्चालक र व्यवस्थापक फरार भएका हुन् । ७ दिनअघि किर्ते माइन्युट तयार गरी गौतमले नयाँ सञ्चालक समिति बनाएको सूचना सार्वजनिक भएको छ ।

नेपालको कुनै स्थानमा लुकेर बसेका गौतमको खोजी गर्न विभागले प्रहरीलाई पत्राचार गरेको छ । उक्त सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट रकम संकलन गरेको बताइएको छ । रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा व्यवसायको गोदाम तथा कार्यालय रहेकाले सहकारी पीडितको घेराबन्दीपछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिएका छन् ।

पीडितले रकम नपाएसँगै सहकारीको भवनमा भएको एउटा गाडी उठाएर लगेका थिए । सहकारी भवनमा नै गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर पनि छ । त्यसमा बैंकको लगानी थियो, सहकारी पीडितको भीडबाट उक्त स्टोरका सामान यताउता नहोस् भनेर बैंकले सिल गरी सूचना टाँसेको हो ।बैकको ऋण लामो समयसम्म तिर्न नसकेका गौतमले राष्ट्र बैंकमार्फत भाका बढाउने मौखिक आदेश गराएका थिए । राजनीतिक पहुँच भए पनि संकटमा एक्लो भएका गौतम किलोमिटर व्याजको खोजीमा थिए । बैंकले ताकेता गरिरहेकै थियो । साउनको पहिलो साताबाट दोश्रो साताको भाका मागेर पनि सम्पर्कमा नपुगेका गौतमले बुधबार साउन ११ गते पुनः केही दिनको भाका मागेका थिए । बैंकले नमानेपछि उनी बिहीबार साँझबाट सम्पर्कविहीन भएका हुन् । उनी भागेको जानकारी पाएलगत्तै बैंकले घरमा शिल ग¥यो । शुक्रबार पीडितहरू नाराबाजीमा उत्रिए ।

यसबीच राम गौतमको दाजुभाइ नाता पर्ने अनिल काठमाण्डौबाट समातिएका छन्। उनलाई सहकारीको सचिवमा राखिएको थियो। पातलेखेतमा द्वन्दताका सेनाद्वारा रसकमल मारिएपछि ती र यानप्रसाद गौतममार्फत उठेको रकमसमेत यिनैले चलाएको आशंका छ।

-मोतिराम तिमिल्सिनाबाट

टिप्पणीहरू