सप्तकोसी फुटेर गाउँ छिरेपछि उदयपुर उच्च जोखिममा

सप्तकोसी फुटेर गाउँ छिरेपछि उदयपुर उच्च जोखिममा

अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेको छ । आज बिहान उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा बाँध फुटेको हो ।

सप्तकोसीको बाँध फुटेर नदी गाउँ पस्दा बेलका नगरपालिकाका पाँच वडा उच्च जोखिममा परेका छन् । वडा नम्बर १, २, ३, ८, ९ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनका अनुसार नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको छ ।

अस्ति बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेको थियो । त्योसँगै मानवीय क्षति नहुने आशा गरिएको सिडियो यादवले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको उनको भनाइ छ ।

टिप्पणीहरू