भाइरल ज्वरोले राप्तीका स्कुल एक साता बन्द
भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आजदलेखि सात दिनका निम्ति बन्द गरेको छ ।
गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय आजदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू