सूचना आयोगद्वारा अख्तियारविरुद्ध आदेश
राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध आदेश जारी गरेको छ ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयुक्त कमला ओली थापा र रत्नप्रसाद मैनालीले संयुक्त आदेश जारी गरेका हुन् ।
आयोगले आफ्ना पदाधिकारी तथा उच्च तहका कर्मचारीको सम्पत्ति विवरणबारे सूचना नदिनुको कारण अख्तियारसँग माग गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बस्ने शशिविक्रम कार्कीले सूचना नपाएको भन्दै आयोगमा उजुरी दिएका थिए ।
उनको उजुरीमाथि सुनुवाई गर्दै आयोगले सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्नाका कुनै कारण भए सोको आधार र प्रमाणसहित बाटोको म्यादसमेत सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा ९२० बमोजिम आदेश जारी गरेको बताइएको छ ।

टिप्पणीहरू