अख्तियारको हातमा ठूलो माछा, मधेशका मुख्यमन्त्री बाहेक सचिवविरुध्द २० करोडको मुध्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि ठूलो माछा समातेको छ । आज ठूला माछा भनिएका सबैविरुध्द विशेष अदालतमा मुद्दा एकछिन अगाडि मात्र लगिएकाे छ।
अहिले केही बेरमा मुख्यमन्त्री लालबाबु राउत गद्दीबाहेक सचिव यामलाल भुसालसहित केही कर्मचारीविरुद्ध मुद्दा दायर गर्न लागिएकाे छ । त्यसैगरी सिडी भगवान झा र साइकल आपूर्ति गरेको ओमशान्ति साइकल ट्रेडर्सकी रेणु अग्रवालविरुध्द पनि मुद्दा दर्ता हुनै लागेको छ ।
मधेश प्रदेश सरकारले छोरीहरुलाई विद्यालयमा पठाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरेको थियो । कार्यक्रमको नाम बेटी पढाऊ,बेटी बचाउ भए पनि व्यवहारमा साइकल पचाउ भएको विपक्षी दलहरुले आरोप लगाउँदै आएका थिए । उक्त कार्यक्रममा २० करोड बढी भ्रष्टाचार भएको आयोगको ठहर छ ।
दुई शीर्षकमा २० करोड ९२ लाख अनियमितता भएको आयोगको अनुसन्धानबाट खुलेको हो । जसमा पहिलो शीर्षकमा १० करोड ५९ लाख र दोस्रो शीर्षकमा १० करोड ३३ लाख तलमाथि भएको उल्लेख छ । भुसाल ३ महिनादेखि सँघीय मामिला मन्त्रालयको दैनिक हाजिरीमा छन् ।
टिप्पणीहरू