कर उठाउने म्याडम घुस उठाउनमा ब्यस्त,३० हजारसहित पक्राउ

कर उठाउने म्याडम घुस उठाउनमा ब्यस्त,३० हजारसहित पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत घुस लिँदालिँदै पक्राउ परेकी छन् । उनलाई ३० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही बेरअगाडि नियन्त्रणमा लिएको छ ।

५१ वर्षे विन्दु श्रेष्ठ प्रधानलाई आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जबाट पक्राउ गरिएको हो । उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिएर घुस मागेको गुनासोपछि आयोगको टोली त्यहाँ पुगेको बताइन्छ । उनले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका निम्ति आवश्यक प्रक्रिया पूरा गरेर कार्यालयमा गएका सेवाग्राहीसँग घुस लिने गरेको खुलेको छ ।

आज दिउँसो एउटा सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा आयोग टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । पाटन सुन्धाराकी ५१ बर्षिया प्रधान २०५२ सालदेखि विभागको कम्प्युटर अपरेटरमा कार्यरत छिन् ।

टिप्पणीहरू