करको विरोध गर्दै सार्वजनिक यातायात थन्काइने

करको विरोध गर्दै सार्वजनिक यातायात थन्काइने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कास्कीले आइतबारदेखि सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेको छ । महासंघले साउन २२ गतेदेखि सम्पूर्ण सार्वजनिक यातायात ग्यारेजमै थन्काउने बताएको छ ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९-८० देखि लागू हुने गरी सवारी कर वृद्धि गरेपछि यातायात व्यवसायीहरु आन्दोलित भएका छन् ।

यसअघि आफ्ना मागबारे अवगत गराइसकिएको र सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ ।

प्रदेश सरकारले आमनागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा गैरजिम्मेवार तवरले कर मात्र असुल गर्ने नीति र नियम बनाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले भनेको छ, ‘यो आन्दोलन हामी यातायात व्यवसायीको मात्र नभई संघीयताको मर्मविपरीत प्रदेश सरकारले मनोमानी रुपमा बढाएको करविरुद्ध भएको हुँदा विभिन्न पेशा व्यवसायीमा आबद्ध संघसंस्था, उद्योगी, व्यापारी, विद्यार्थी, मजदुरलगायत आमनागरिकको हो ।’

टिप्पणीहरू