भारत र माल्दिभ्सबीच समुद्रको माछा मिलेर मार्ने सहमति

भारत र माल्दिभ्सबीच समुद्रको माछा मिलेर मार्ने सहमति

भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । हिजो नयाँ दिल्लीमा भएको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा सहयोगका विभिन्न क्षेत्र घोषणा गरिएको छ ।

जसअनुसार भारतले माल्दिभ्सको राष्ट्रिय रक्षा बलको निम्ति विभिन्न सुरक्षा उपकरणसँगै २४ वटा युटिलिटी सवारी साधन उपहार दिने भएको छ । राष्ट्रिय रक्षा बल पूर्वाधार र उपकरण आधुनिकीकरणको निम्ति अनुदान सहायता र रक्षा परियोजनाहरूको निम्ति ५ करोड अमेरिकी डलरको क्रेडिट सुविधावारे पनि जानकारी दिइएको छ ।

त्यसैगरी भारत सरकारले माल्दिभ्सको निम्ति थप एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको छ । संयुक्त वक्तव्यमा सम्भावित माछा मार्ने क्षेत्र पूर्वानुमान क्षमता निर्माणमा सहयोग गर्ने, साइबर सुरक्षाको क्षेत्रमा सहयोग गर्ने, माल्दिभ्सका महिला विकास समिति र स्थानीय सरकारी अधिकारीहरूको क्षमता बढाउने, प्रहरी पूर्वाधार निर्माण गर्ने र दुुई हजार सामाजिक आवासको निर्माण सम्पन्न गर्नेलगायत विषय समेटिएको छ ।

नोभेम्बर १७, २०१८ मा पदभार ग्रहण गरेपछि राष्ट्रपति सोलिहको यो तेस्रो भारत भ्रमण हो ।

टिप्पणीहरू