ज्योतिषको सल्लाहअनुसार मङ्सिर ४ मै हुने भयो आम चुनाव
संघ तथा प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय भएको छ ।भर्खरै सकिएको क्याबिनेट बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि हिजो साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।
निर्वाचन आयोगले मङ्सिर २ गते एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवा र गृहसचिव टेकनारायण पाण्डेले ज्योतिष हेराउँदा ४ गते उत्तम साइत जुरेपछि त्यही दिन चुनाव गर्ने गरी आज क्याबिनेटले निर्णय गरेको हो ।
टिप्पणीहरू