नवनियुक्त राजदूत तुलाधर दोहा हुँदै मस्को प्रस्थान
रुसका लागि नवनियुक्त नेपाली राजदूत मिलनराज तुलाधर आज मस्को प्रस्थान गर्नुभएको छ । उहाँ बिहानको उडानमा कतार एअरवेजबाट त्यसतर्फ जानुभएको हो । राजदूतको कार्यभार सम्हाल्न मस्कोको लागि उड्नुभएको जनाइएको छ ।
उहाँ कतार एयरको उडान नम्बर क्युआर ६५३ बाट बिहान ११ बजे दोहा जानुभएको हो । उक्त उडानमा १६६ जना नेपाली र ७२ जना विदेशी गरेव कूल २३८ जना यात्रु छन् ।
तुलाधर भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा परराष्ट्र सल्लाहकार हनुहुन्थ्यो ।
टिप्पणीहरू