न्याय खोज्न सडकमा निस्केकी निहारीकालाई प्रहरीले बसन्तपुर पुर्यायो
दुधे बालकसहित अनसनमा बसेकी महोत्तरीकी निहारिका राजपूतलाई प्रहरीले पक्राउ गरेपछि वसन्तपुरमा छाडेको छ । सरकारले आफूसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी पुनः अनशनको लागि सिंहदरबारको दक्षिणी गेटमा पुगेकी हुन् ।
प्रहरीले सिंहदरबार वरिपरीको क्षेत्र निषेधित क्षेत्र भएकाले अनशन बस्न नमिल्ने जाानकारी गराउँदै उनलाई हटाएको बताएको छ । अघिल्लो पटक निहारीका माइतीघर मण्डलामा आमरण अनशन बसेकी थिइन् ।
उनले आफू १७ वर्षको छँदा जनकपुरका एक व्यक्तिले नशालु पदार्थ खुवाई बलात्कार गरेकाले दोषीमाथि कारबाही र आफूलाई न्याय माग गर्दै आएकी हुन् । बलात्कारपछि उनले छोरा जन्माएकी छन् । विगत २ वर्षदेखि उनी न्यायको खोजीमा भौंतारिएकी छन् ।
सरकारले यसअघि उनीसँग पाँच बुँदे सहमति गरेपछि माइतीघर मण्डलाको अनशन तोडिएको थियो । तर सरकारले नै उक्त सहमति पालना नगरेपछि अहिले पुनः अनशन बस्न लागेकी हुन् ।
टिप्पणीहरू