महिलाले मुख्यमन्त्री कार्यालय अगाडि साडी र पेटिकोट फ्याँके
चुरे संरक्षण अभियन्ताहरूले मधेश प्रदेश सरकारविरुद्ध साडी–चुरा सडकमै फालेर विरोध गरेका छन् । उनीहरुले जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा, ब्लाउज, पेटीकोट फालेर चर्को विरोध गरेका हुन् ।
प्रदर्शनकारीहरू चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूको माग सम्बोधन गराउन १७ दिनदेखि रिले अनसनमा छन् । उनीहरूले आफ्ना पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई साडी, चुरा, प्रदान गरेर विरोध जनाउने बताउँदै आएका थिए । तर प्रहरीले उनीहरूलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न नदिएपछि सडकमै फालेर विरोध गरेका हुन् ।
उनीहरूले पर्सि आइतबार मुख्यमन्त्री कार्यालय अगाडि बालबच्चा आन्दोलनको घोषणा गरेका छन् । भूमिहीन सुकुम्वासीहरू घरबारविहीन रहेको र उनीहरूका बालबच्चाको भविष्य अन्धकारमा रहेको जनाउँदै मुख्यमन्त्री कार्यालय अगाडि बालबच्चा प्रदर्शन गर्ने अभियानकर्मीहरूले बताएका छन् ।
टिप्पणीहरू