बालकोटमा गुप्तचर खटाइएको छैन : सञ्चारमन्त्री
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा गुप्तचर परिचालन नगरिएको बताउनु भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो कुरा निराधार रहेको बताउनु भएको हो ।
हिजो एक सार्वजनिक कार्यक्रममा ओलीले जासुसी गर्न आफ्नो घरअगाडि चार जना गुप्तचर परिचालन गरेको बताउनु भएको थियो । उहाँले गठबन्धन सरकारले नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको आरोप पनि लगाउनु भयो ।
ओलीको हिजोको आरोपको जवाफ दिँदै मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सँधै संवेदनशील रहेको उल्लेख गर्नुभयो । ‘गुप्तचर परिचालन गरिएको कुरो निराधार र भ्रम मात्रै हो,’ उहाँको भनाइ थियो ।
टिप्पणीहरू