सरकारमा सहभागी हुने महन्थ ठाकुरहरुको गृहकार्य

सरकारमा सहभागी हुने महन्थ ठाकुरहरुको गृहकार्य

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वर्तमान सरकारमा सहभागी हुने संकेत गरेको छ । सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेलगत्तै लोसपाले उक्त संकेत देखाएको बताइन्छ ।

उसले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनमा मिसिनेबारे आवश्यक निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको बुझिएको छ । अघिल्लो वर्ष पनि तत्कालीन केपी ओली सरकारले संसद विघटनपछि संसदीय चुनावको मिति घोषणा गर्ने तयारी गरेपछि लोसपा उक्त सरकारमा सामेल भएको थियो ।

तर,सर्वोच्च अदालतको आदेशपछि ओली सरकारको विस्थापन, संसद पुनर्स्थापना भएपछि लोसपासहितको सरकार हट्न बाध्य भयो । अहिले पनि चुनावको मिति घोषणापछि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई सोही दृष्टिकोणले हेरिएको छ ।

टिप्पणीहरू