नयाँ दिल्लीमा निधिको भेटघाट : राति मन्त्रीसँग, दिउँसो राम मन्दिरका अध्यक्षसँग

नयाँ दिल्लीमा निधिको भेटघाट : राति मन्त्रीसँग, दिउँसो राम मन्दिरका अध्यक्षसँग

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि राजनीतिक भेटघाटमा व्यस्त छन् । अस्ति राति एक जना मन्त्रीसँग भेटघाट गरेका उनले हिजो राम मन्दिर निर्माण समितिका अध्यक्षसँग लामै कुराकानी गरेका छन् ।

निधिले हिजो भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रसँग भेट गरेका थिए । नयाँ दिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा हिजो दिउँसो एक घण्टा भेटवार्ता भएको बताइएको छ ।

निधिले अस्ति राति भारतीय सडक परिवहन मन्त्री नितिन गडकरीसँग भेटवार्ता गरेका थिए । गडकरीसँग भेट गर्न काँग्रेस नेता उनको निवास पुगेका हुन् । उनीहरुबीच लामै कुराकानी भएको नेपाली काँग्रेस स्रोतको दाबी छ ।

टिप्पणीहरू