मुलुकभरका सुब्बा सा”बहरु आज बिदा बस्दै,सिंहदरवारमा पेन डाउन

मुलुकभरका सुब्बा सा”बहरु आज बिदा बस्दै,सिंहदरवारमा पेन डाउन

बजेट भाषणमा गरिएको घोषणाविपरित तलब स्केल बढाइएको विरोधमा खरिदार र नायवसुब्बास्तरका कर्मचरीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले हिजो दिनभर सिंहदरबारमा विरोध जनाएका थिए ।

शाखा अधिकृतदेखि माथिका कर्मचारीको अत्यधिक तलबबृध्दि तर सुब्बाभन्दा मुनिका कर्मचारीको १५ प्रतिशत मात्र तलब बृध्दिले असमानता कायम गरेको,सरकारी घोषणाको धज्जी उडाइएको भन्दै तल्ला तहका कर्मचारीले हिजो सिंहदरबारमा विरोध जनाएका हुन् । उनीहरुले अर्थमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

त्यसैगरी अर्थ र राजश्व सचिव कृष्णहरि पुष्करलाई पनि ध्यानकर्षण गराइएको छ । आज सिंहदरवारमा उनीहरुले ‘पेन डाउन’ गर्ने र देशभरका नासु बिदामा बस्ने कार्यक्रम छ । यसबारे आन्दोलनरत कर्मचारीले अर्थमन्त्री,सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री, मुख्य सचिव,अर्थ सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवलाई एसएमएसमार्फत् ध्यानाकर्षण गराइएको बताएका छन् ।

टिप्पणीहरू