प्रचण्ड र जापानी नेताबीच भेटवार्ता
जापान भ्रमणमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवम् नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कीईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् । तोसिहिरो निक्कई पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् ।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर÷नगरहरुबी भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधारलगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जानेलगायत विषयमा छलफल भएको दाहालले बताइन् ।
टिप्पणीहरू