गाईजात्राको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र र कालीबाबावीच भेट

गाईजात्राको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र र कालीबाबावीच भेट

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र कालिदास बाबाबीच हिजो भेटवार्ता भएको छ । तर,भेट भएको स्थान, विषय र समयबारे केही जानकारी दिइएको छैन ।

श्री १००८ कालिदास बाबा अस्ति दिउँसो काठमाडौं आएका हुन् । उनी नयाँ दिल्लीबाट भिस्तारा एअरलाइन्सको उडानमा यता आएका थिए ।

पछिल्लो समय राजधानी काठमाडौंमा विभिन्न नाम र आवरणमा पुकारिने बाबा र सन्यासीहरुको बाक्लो उपस्थिति र भेटघाट देखिएको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्ष हुँदै आउने जाने सुविधा मागेर हैरान पार्ने गरेको पर्यटन मन्त्रीको गुनासो छ ।

टिप्पणीहरू