पशुपतिनाथ दर्शनमा आएका बाबै बाटैमा बेपत्ता
पशुपतिनाथको दर्शन गर्न आएका एक बृद्ध हराएका छन् । नवलपरासीको सुनवल-१ बाट आएका हुमबहादुर पौडेल गत बुधबारदेखि अलप भएका हुन् ।
७० वर्षे पौडेल परिवारसँगै पशुपतिनाथको दर्शन गर्न गएको बेला हराएको बताइएको छ।
सेतो सर्ट,कालो प्यान्ट र ढाकाटोपी लगाएका उनी बुधवारसम्म पशुपति मन्दिर परिसरमै थिए । पशुपतिको हुलमुलमा परिवारका सदस्यसँग छुट्टिएपछि उनी कता पुगे भन्नेबारे अहिलेसम्म सबैजना बेखबर छन् ।
कम बोल्ने तर मादक पदार्थ सेवन गर्ने स्वभावका उनी पशुपति क्षेत्र वरिपरि गाँजा तथा रक्सी खानेहरुसँगै अलप भएको हुनसक्ने अनुमान गरिएको छ । बृद्धलाई देख्ने जो कोहीले सम्बन्धित टेलिफोन नम्बर वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले अनुरोध गरेका छन् ।
टिप्पणीहरू